चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो
बुधबार, १४ फागुन २०७६, १३ : १४
चीनको शीर्ष राजनीतिक निकायले सोमबार जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
विज्ञले वर्तमान कोरोनाभाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै आएका छन् ।
सोमबार चीनको राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘जन स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको घोषणमा बताइएको छ ।
त्यसबाट ‘जंगली जीवको सेवनमा पूर्ण प्रतिबन्ध लगाउने’ लक्ष लिइएको समितिले बताएको छ ।
अब वैज्ञानिक अनुसन्धान, चिकित्सक तथा प्रदर्शनीको लागि वन्यजन्तुको प्रयोग गर्नु परेमा पनि ‘कठोर जाँच र स्वीकृति’को आवश्यकता पर्ने व्यवस्था गरिएको छ ।
चिनियाँ अधिकारीले यस अघि नै जनवरी २६ मा वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण