डिशहोममा नेपालकै पहिलो भोजपुरी च्यानल
काठमाडौं– नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।
डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा भोजपुरी भाषाको मनोरञ्जनात्मक “भोजपुरी म्याजिक” नामक च्यानल पनि सुरु गरेको छ ।
भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जसवाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण