चैत ५ भित्रै गभर्नर नियुक्ति गरिने, आधा दर्जन आकांक्षी
सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् ।
गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्याइने जवाफ दिए ।
डा. खतिवडाले विसं २०७१ चैत ५ गते पाँचवर्षे कार्यकाल पूरा गरी आफू गभर्नरबाट बाहिरिने अन्तिम दिन मात्र सरकारले नयाँ गभर्नर नियुक्ति गरेको उदाहरण दिँदै भने, ‘म पनि १ महीनाअघि होइन, अन्तिम समयमै नियुक्त भएको थिएँ ।
हालका गभर्नरलाई पनि सरकारले चैत ५ गते दिन ३ बजेतिर मात्र नियुक्ति गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको थिएँ ।’ सामान्यतया गभर्नरको कार्यकाल सकिनु १ महीनाअगावै आगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन छ ।
सरकारले नयाँ गभर्नरको नियुक्तिमा जति ढिलाइ गर्छ, त्यति नै दाबेदार व्यक्तिहरूको दौडधुप बढ्ने पूर्वगभर्नर गणेशबहादुर थापा बताउँछन् । गभर्नर नियुक्तिमा २० दिन मात्र बाँकी छ । यसबीच आधा दर्जन नाम सम्भावित गभर्नरका रूपमा बाहिर आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण