बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण बेसक्याम्पमा पनि कोरोनाको प्रभाव

आइतबार, १८ फागुन २०७६, १६ : ३९
आइतबार, १८ फागुन २०७६

पोखरा । विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको  एबीसीमा अहिले भने घटेर २० पुगेको छ ।  

अन्नपूर्ण बेसक्याम्पका व्यवसायी जगनराज गुरुङका अनुसार पदयात्री नहुँदा होटलहरु रित्ता देखिन थालेका छन् । सिजनमा ४० बढीको हाराहारीमा पाहुना राख्ने होटलहरु यतिबेला रित्ता देखिन थालेका छन् । ‘अस्ति गएको पहिरोले त होइन होला,त्यही कोरोनाले गर्दा खेरि त होला,’ उनले भने । 

गएको माघ ३ गते अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंक् केभ र देउराली बिचको भागमा हिमपहिरो गएपछि अनिश्चित कालका लागि बेसक्याक्याम्पमा पदयात्रीको आवागमन ठप्प पारिएको थियो । एक महिनासम्म बन्द भएर खुलेको एबीसीका पर्यटन व्यवसायीहरु पुनःकोरोना भाइरको कारण मारमा परेका छन् । 

हिमपहिरोमा परि ४ जना कोरियाली र ३ जना नेपाली गरि ७ जना बेपत्ता भएका थिए । बेपत्ता ७ मध्ये गाइड सरोज परियार मृत शुक्रबार मृत अवस्थामा फेला परेका थिए । बाँकी ६ को अझैसम्म कुनै पत्तो लाग्न सकेको छैन । पदमार्गमा करिब ६० को हाराहारीमा होटल सञ्चालनमा छन् । 

कोरोना भाइरसका कारण पर्यटन व्यवसायीहरु मारमा परेको भन्दै उनले गुनासो पोखे । एबीसीमा व्यवसायीक हेलिकप्टर उडान हुँदै आएकोमा केही समय अघि बन्द गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप