अन्नपूर्ण बेसक्याम्पमा पनि कोरोनाको प्रभाव
पोखरा । विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको एबीसीमा अहिले भने घटेर २० पुगेको छ ।
अन्नपूर्ण बेसक्याम्पका व्यवसायी जगनराज गुरुङका अनुसार पदयात्री नहुँदा होटलहरु रित्ता देखिन थालेका छन् । सिजनमा ४० बढीको हाराहारीमा पाहुना राख्ने होटलहरु यतिबेला रित्ता देखिन थालेका छन् । ‘अस्ति गएको पहिरोले त होइन होला,त्यही कोरोनाले गर्दा खेरि त होला,’ उनले भने ।
गएको माघ ३ गते अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंक् केभ र देउराली बिचको भागमा हिमपहिरो गएपछि अनिश्चित कालका लागि बेसक्याक्याम्पमा पदयात्रीको आवागमन ठप्प पारिएको थियो । एक महिनासम्म बन्द भएर खुलेको एबीसीका पर्यटन व्यवसायीहरु पुनःकोरोना भाइरको कारण मारमा परेका छन् ।
हिमपहिरोमा परि ४ जना कोरियाली र ३ जना नेपाली गरि ७ जना बेपत्ता भएका थिए । बेपत्ता ७ मध्ये गाइड सरोज परियार मृत शुक्रबार मृत अवस्थामा फेला परेका थिए । बाँकी ६ को अझैसम्म कुनै पत्तो लाग्न सकेको छैन । पदमार्गमा करिब ६० को हाराहारीमा होटल सञ्चालनमा छन् ।
कोरोना भाइरसका कारण पर्यटन व्यवसायीहरु मारमा परेको भन्दै उनले गुनासो पोखे । एबीसीमा व्यवसायीक हेलिकप्टर उडान हुँदै आएकोमा केही समय अघि बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण