प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्वोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो । तर तिरुवाले प्रहार गरेको जुत्ता मञ्चसम्म भने आइपुगेन । प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडियो उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो ।
जुत्ता प्रहार गर्ने तिरुवालाई तत्काल सुरक्षाकर्मीलाई पक्राउ परेको गरेको छ । तिरुवा जुम्ला निवासी हुन् । उनको विस्तृत पहिचान नखुलेपनि उनको फेसबुक आइडीमा उनी सिभिल इन्जिनियर रहेको खुलेको छ । त्यस्तै तिरुवाले आफ्नो फेसबुक पेजमा मार्क्सको फोटो समेत राखेका छन् ।
उनले फेसबुकमा गरेका पोस्टहरुमा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण