शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

साहित्य बिनाको राजनीति रुखो हुन्छ : नैनसिंह महर

आइतबार, १८ फागुन २०७६, २० : ०१
आइतबार, १८ फागुन २०७६

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लोकतन्त्रमा मात्र निर्भिक र असल साहित्यको कदर हुने बताएका छन् । सूदुरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन १४ गतेदेखि सुरु भएको विश्व साहित्य महोत्सवमा आईतबार ‘साहित्य र राजनीति कति टाढा कति नजिक’ बिषयक कार्यक्रममा महरले साहित्य बिनाको राजनीति रुखो र रुढ हुने बताएका हुन् । 

साहित्य र राजनीतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनले भने, ‘राजनीति र साहित्यमा दखल राख्ने कुनै पनि नेता कल्पनाशील भएर विपी कोइराला जस्तै विचार र दृष्टिकोणसहितको राजनेता बन्न सक्दछ ।’

लोकतन्त्रको अभावका कारण निरङ्कुश  र कम्युनिष्ट व्यवस्थामा भने साहित्यले निर्भिकताका साथ आफ्नो बाटो पहिल्याउन नपाउने उनको भनाइ छ । स्वतन्त्रता भएको समाजमा मात्र राजनीति र साहित्यले सही दिशा पडेकर गन्तव्यमा पुग्न सक्ने महरको भनाइ थियो ।

कार्यक्रममा नेकपामा केन्द्रीय सदस्य राजेन्द्र रावल, डा. जनक शाह लगायतले पनि कार्यक्रममा अफ्नो  धारणा राखेका थिए । विश्व साहित्य महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप