अस्पताल भर्नाअघि प्रधानमन्त्रीको भिडियो सन्देश आउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगेपछि भिडियो सन्देश जारी हुने भएको छ । ओली अस्पताल पुगेपछि रेकर्ड गरिएको सन्देश जारी हुने र त्यसमा देशबासीका नाममा केही सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
रेकर्ड गरिएको भिडियो प्रधानमनत्री अस्पताल पुगेपछि जारी गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको बुधबार हुने मिर्गौला प्रत्यारोपणका लागि मंगलबार आज अस्पताल भर्ना हुदैछन् । प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । त्यसअघि प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट जारी राखेकाले कतिवेला अस्पताल पुग्ने भन्ने समय निश्चित भैसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण