महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा नियुक्त
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महावीर पुन नियुक्त भएका छन् ।
नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई बैंकले सोमबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा पुनले हस्ताक्षर गरे।
हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । उनले नेपाल बैंक युवा उद्यमीहरुसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताए ।
सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताए। उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ ।
बि.सं.१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ ।
बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७८ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा ११९ बटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण