आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठन प्रमुख भन्छन् : भाइरसभन्दा पनि खतरनाक भाइरसप्रतिको गलत धारणा

मङ्गलबार, २० फागुन २०७६, १३ : ११
मङ्गलबार, २० फागुन २०७६

विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसका अनुसार कोरोनाभाइरस अद्वितीय खालको रहेको तर सही तरिकाहरु अपनाएर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् ।

कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या संसारभरि ३ हजार नाघिसकेको छ । तीमध्ये धेरैजसो चीनमै छन् तर पछिल्ला दिनहरुमा चीनभित्र भन्दा चीन बाहिर संक्रमण हुनेहरुको संख्या तीन गुना बढी छ ।

डा. टेड्रोसले जोड दिएर भनेका छन्, ‘हामीले यो भाइरसलाई पछाडि धकेल्न सक्छौं ।’ साथसाथै उनले के पनि भनेका छन् भने यो भाइरस आफैंभन्दा पनि खतरनाक चाहिँ यो रोगको कलंक छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेको छन्, यो कोभिड–१९ रोगको विश्वव्यापी विकास एकतर्फी बाटो जस्तो होइन र विश्वका देशहरुले तुरुन्तै र प्रभावकारी ढंगले यसलाई नियन्त्रण गर्ने तौरतरिकाहरु सहित काम गरेमा यसका विरुद्ध लड्न सकिन्छ ।

 ‘यसका विरुद्ध काम गर्नुबाहेक अरु कुनै विकल्प नै छैन’ उनले भनेका छन् ।

चीन बाहिर सबैभन्दा बढी प्रभावित भएका देशहरुमध्येका एक इटालीमा मात्रै गत सोमबार मृत्यु हुनेको संख्या ३४ बाट बढेर ५२ पुगेको छ ।

विश्व स्वास्थ संगठनले के भन्यो ?

डो टेड्रोसको मुख्य सल्लाह नै के छ भने प्रत्येक देशले आफ्नो अवस्थाको ख्याल गर्नुपर्छ किनभने यसको महामारीलाई पहिल्याउनको लागि सबैका लागि लागू हुने एउटै तरिका छैन ।

‘प्रत्येक देशका आफ्नै तरिका हुनुपर्छ तर यसको शुरुवात यसलाई नियन्त्रण गर्नेबाट हुनुपर्छ’ उनले भनेका छन् ।

यो ‘एउटा अद्वितीय विशेषतासहितको अद्वितीय भाइरस हो’ र यसले अहिलेसम्म ठूलो हिस्सालाई संक्रमित गरिसकेको हुुनपर्ने विश्व स्वास्थ्य संगठनले ठानेको थियो, तर यसलाई नियन्त्रण गर्ने उपायहरुले काम गरेको जस्तो देखिन्छ, उनले भनेका छ ।

६२ देशहरुमा यसको संक्रमण देखापरेको छ, तीमध्ये ३८ वटामा १० जनाभन्दा कममा मात्रै संक्रमण देखापरेको छ, उनले थप अगाडि भनेका छन् ।

‘संक्रमण देखापरेको करिब ८ वटा देशहरुले दुई हप्तादेखि नयाँ संक्रमण फेला परेको रिपोर्ट गरेका छैनन् र उनीहरुले यसलाई नियन्त्रणमा राख्न सक्षम भएका छन्,’ उनले भनेका छन् । ठूलो संख्यामा संक्रमण हुँदा पनि यसलाई नियन्त्रण गर्न सम्भव रहेको कुरा चीनले पनि देखाएको छ ।

यो संक्रमणलाई वैश्विक महामारी घोषणा गर्ने कि नगर्ने भनेर विश्व स्वास्थ्य संगठनले निरन्तर अनुगमन गरिरहने पनि डा. टेड्रोसले बताएका छन् ।

दक्षिण कोरिया https://api.time.com

दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमण अहिले पनि ठूलो चिन्ताकै रुपमा रहिरहेको छ । इरानमा विश्व स्वास्थ्य संगठनकै कर्मचारीमा पनि कोरोनो भाइरसको परीक्षण गर्दा संक्रमण देखिएको छ तर लक्षणहरु हल्का खालका छ, डा. टेड्रोसले बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘यो भाइरसप्रतिको गलत धारणा, भाइरस आफैंभन्दा पनि बढी खतरनाक छ । यो कुरामा हामी प्रष्ट हुनैपर्छ । गलत धारणा नै सबैभन्दा ठूलो शत्रु हो ।

विश्वको स्थिति के छ ?

अहिले संसारभरि ७० वटा देशहरुमा ९० हजारमा संक्रमण देखापरिसकेको छ । तीमध्ये ठूलो हिस्सा, झन्डै ९० प्रतिशत सक्रमण चीनमा रहेको छ, र ती पनि धेरै जसो गत वर्ष भाइरस संक्रमण देखापरेको हुबेई प्रान्त मै रहेको छ ।

करिब ८,८०० संक्रमणहरु चीन बाहिर रहेको छन्, जसमध्ये पनि ८१ प्रतिशत चार देशहरु– इरान, दक्षिण कोरिया, इटाली र जापानमा छन् ।

स्रोत: बीबीसी  Title Photo: https://img.jakpost.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप