सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो: मुख्यमन्त्री राउत
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याएका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम सन् २०४०: दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठी’को शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहन रूपले चिन्तन मनन गर्नुपर्ने बताए ।
जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वान्को भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको मुख्यमन्त्री राउतले बताए । प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले तयार रहेको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्री राउतले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला भएको र सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी सङ्घीय सरकार पुरानै मानसिकतालाई महत्व दिइरहेको आरोप लगाए । उनले ‘सङ्घीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण’ प्रदेशमा विकासले गति लिन नसकेको र आगामी दिनमा प्रदेश सरकार सङ्घविरुद्ध आन्दोलनमा समेत जानसक्ने बताए ।
उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको समारोहमा नेपाल शहरी उत्थानशील परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीले सन् २०२० पछि जनकपुरधाम कस्तो हुने सोच प्रस्तुत गरे । कार्यशाला बुधबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण