ग्लोबल आइएमई बैंकद्वारा टीकापुरमा वित्तीय साक्षरता
मङ्गलबार, २० फागुन २०७६, १६ : ४७

टिकापुर – ग्लोबल आइएमई बैंकले टिकापुर स्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लामा पुगेर वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो ।
उक्त कार्यक्रममा विरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नख्खु खोला किनारमा मनसुनको पिर, तस्बिरहरू
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा