मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेताले पाए टिभीएस जुपिटर ११० सीसी स्कुटर

मङ्गलबार, २० फागुन २०७६, १९ : १६
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं– टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ । 

जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले ‘टिभीएस बाइकर्स मेनिया’ स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरे ।

राकुटेन भाइवरका विजनेस डेभ्लप्मेन्ट सिनियर डाइरेक्टर अनुभव नायरले भने, ‘टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौ ।’

जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, ‘हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं । हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं । हामी यो अभियान सफल पार्नका लागि सहयोग पु¥याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप