नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ
मङ्गलबार, २० फागुन २०७६, १९ : ३७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।
‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तरपनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ’, स्रोतले भन्यो ।
आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष अस्पतालमा र अर्का अध्यक्ष प्रचण्ड पनि अस्वस्थ भएपछि केही दिन खुमलटारमै रहने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण