सरकारको आग्रहपछि चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी
काठमाडौं । सरकारको आग्रह पछि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराउने तयारी भएको छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको थियो ।
यसबारे प्रतिक्रिया दिँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताए ।
विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए । उनले सबै स्थानीय तहमा एकै सातामा वार्षिक परीक्षा सम्पन्न गराउन आगामी शैक्षिक सत्रमा पनि प्रबन्ध गर्नुपर्ने पनि बताए ।
मन्त्रालयले यसअघि विभिन्न मुलुकका लागि विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सज लेटर हालका लागि रोक्काको निर्णय गरेको थियो ।
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने तोकिएकै मितिमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण