आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाभाइरसः विश्व बैंकद्वारा १३ खर्बको राहत प्याकेज घोषणा

बुधबार, २१ फागुन २०७६, १० : ४०
बुधबार, २१ फागुन २०७६

विश्व बैंकले कोरोना भाइरसद्वारा ग्रसित विकाशशील राष्ट्रका लागि १२ बिलियन अमेरिकी डलर (करिब १३ खर्ब रुपैयाा)  राहत प्याकेजको घोषणा गरेको छ ।

आपतकालीन प्याकेजमा अनुदान, प्राविधिक सहयोग र ऋण समावेश छन् ।

संसारभरीका नेताले कोरोना भाइरसको संक्रमणपछि निम्तिने आर्थिक समस्याबाट आफ्नो देशलाई बचाइदिन गरेको आग्रहपछि विश्व बैंकले यस्तो निर्णय लएिको हो ।

यो संकटको घडीमा देशहरुले आफ्ना जनताको स्वास्थ्यमा सुधार गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको विश्व बैंकले बताएको छ ।

‘हामी रोग सर्न नदिने कसरतमा छौं,’ विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासाले बीबीसीलाई भने ।

संस्थाले गरिब र कोरोना भाइरस संक्रमणको जोखिममा रहेका देशलाई प्राथमिकतामा राख्ने बताएको छ । कोरोना संसारभरीका ७० वटा देशमा फैलिसकेको छ ।

प्याकेजको आधा रकम नीजि क्षेत्रसँग काम गर्दै आएको बैंकको अन्तरराष्ट्रिय बित्तिय निगमबाट  प्राप्त गरिएको छ भने १२ बिलियन डलरको करिब ४ बिलियन डलर भने पहिलै नै उपलब्ध रकमबाट तानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप