इजरायली आमनिर्वाचनमा नेतन्याहूको दललाई अग्रता, बहुमत पुगेन
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ । केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न गर्दा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ ।
समितिका अनुसार नेतन्याहूका मुख्य विपक्षी बेन्नी गान्ज र उनको ब्लू एन्ड ह्वाइट पार्टीले ३२ स्थान जितेको छ । पछिल्लो गणनाअनुसार लिकुड पार्टी र यसको गठबन्धनले कूल ५९ सिट जितेका छन्, तर सरकार गठन गर्न अझै दुई स्थान कमी भएको छ ।
इजरायलको संसद १२० सदस्यीय रहेको छ, र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ । प्रधानमन्त्री नेतन्याहूले मतदान सम्पन्न भएपछि सोमबार राति नै विजयी भएको दाबी गरेका थिए । चुनावी मतसर्वेक्षणले लिकुड पार्टीले बहुमत ल्याउन सक्ने अड्कलबाजी गरेका थिए ।
बहुमतका लागि दुई स्थान कमी भएको अवस्थामा लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ । लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले सञ्चारमाध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरु समक्ष आग्रह सहित छलफल गरिरहेको बताए ।
उनले अन्य दलका चारदेखि छ जना सांसदसँग कुराकानी भइरहेको उनले बताए । लिकुड पार्टीले केही दिनभित्रै सरकार गठन गर्न दाबी प्रस्तुत गर्ने उनले बताए । तर, इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले आफ्नो दलले अझै हार स्वीकार नगरेको बताएका छन् ।
मंगलबार बिहान चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्य गर्न आग्रह गरे । उनले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताए । इजरायलमा कुनै पनि दलले संसदमा बहुमत ल्याउन नसक्दा एकै वर्षको अवधिमा यसपटक तेस्रो आमनिर्वाचन भएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण