इजरायली आमनिर्वाचनमा नेतन्याहूको दललाई अग्रता, बहुमत पुगेन

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ । केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न गर्दा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ ।
समितिका अनुसार नेतन्याहूका मुख्य विपक्षी बेन्नी गान्ज र उनको ब्लू एन्ड ह्वाइट पार्टीले ३२ स्थान जितेको छ । पछिल्लो गणनाअनुसार लिकुड पार्टी र यसको गठबन्धनले कूल ५९ सिट जितेका छन्, तर सरकार गठन गर्न अझै दुई स्थान कमी भएको छ ।
इजरायलको संसद १२० सदस्यीय रहेको छ, र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ । प्रधानमन्त्री नेतन्याहूले मतदान सम्पन्न भएपछि सोमबार राति नै विजयी भएको दाबी गरेका थिए । चुनावी मतसर्वेक्षणले लिकुड पार्टीले बहुमत ल्याउन सक्ने अड्कलबाजी गरेका थिए ।
बहुमतका लागि दुई स्थान कमी भएको अवस्थामा लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ । लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले सञ्चारमाध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरु समक्ष आग्रह सहित छलफल गरिरहेको बताए ।
उनले अन्य दलका चारदेखि छ जना सांसदसँग कुराकानी भइरहेको उनले बताए । लिकुड पार्टीले केही दिनभित्रै सरकार गठन गर्न दाबी प्रस्तुत गर्ने उनले बताए । तर, इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले आफ्नो दलले अझै हार स्वीकार नगरेको बताएका छन् ।
मंगलबार बिहान चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्य गर्न आग्रह गरे । उनले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताए । इजरायलमा कुनै पनि दलले संसदमा बहुमत ल्याउन नसक्दा एकै वर्षको अवधिमा यसपटक तेस्रो आमनिर्वाचन भएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त