मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको मृत्यु
बुधबार, २१ फागुन २०७६, १९ : ५०
काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ ।
बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले पुष्टि गरेका छन् । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
उनले उद्दार कार्य जारी रहेको बताए । मान्छे धेरै च्यापिएको भन्दै मृतकको संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण