राजपाद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना

राष्टिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
राजपा अध्यक्ष मण्डलको आज भएको बैठकले स्वदेशमै प्रधानमन्त्रीको सफल मिर्गौलाको प्रत्यारोपण भएकोप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना गरेको हो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोनाका भाइरसको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आम जनसमुदायलाई अपिल गरेको छ ।
राजपाले रङ्गको पर्व होलीको पावन अवसरमा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै चिकित्सकीय सल्लाह अनुसारको होली पर्व सचेतनापूर्वक मनाउन आग्रह पनि गरेको छ ।
साथै, सङ्घीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी कोरोनाको सम्भावित रोकथाममा लाग्न सचेत गराएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य