राजपाद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना
राष्टिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
राजपा अध्यक्ष मण्डलको आज भएको बैठकले स्वदेशमै प्रधानमन्त्रीको सफल मिर्गौलाको प्रत्यारोपण भएकोप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना गरेको हो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोनाका भाइरसको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आम जनसमुदायलाई अपिल गरेको छ ।
राजपाले रङ्गको पर्व होलीको पावन अवसरमा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै चिकित्सकीय सल्लाह अनुसारको होली पर्व सचेतनापूर्वक मनाउन आग्रह पनि गरेको छ ।
साथै, सङ्घीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी कोरोनाको सम्भावित रोकथाममा लाग्न सचेत गराएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण