दशरथ रंगशालामा हुने विश्वकप छनोट खेल सर्ने
दशरथ रंगशालामा आगामी चैत १३ र १८ गतेका लागि तय भएको सन् २०२२ को फिफा विश्वकप छनोट खेल सर्ने भएको छ । कोरोना भाइरसको संक्रमण र त्रासका कारण छनोट खेल सर्ने सम्भावना रहेको अखिल नेपाल फुटबल संघ (एन्फा )ले जनाएको छ ।
नयाँ मितिबारे अन्तिम निर्णय भने हुन बाँकी छ । यसअघि नेपालले चैत १३ गते चाइनिज ताइपेइ र १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । मिति परिवर्तन गर्न अष्ट्रेलियाले एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिई सकेको छ । अष्ट्रेलियाले आफ्ना नागरिकलाई देश बाहिर नजान आग्रह पनि गरेको छ ।
चाइनिज ताइपेइले खेल सार्ने विषयमा केही नबताएपनि विश्व फुटबल महासंघ (फिफा) र एएफसीलेनै छनोट खेलको नयाँ तालिका तय गर्ने विषयमा छलफल गरिरहेको छ ।
विश्वकपका छनोट खेलका लागि नेपाली फुटबल टोलीले प्रशिक्षण भने सुरु गरिसकेको छ । विश्वकप अन्तर्गत नेपालले खेल्ने आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ । बाँकी तीन खेल दशरथ रंगशालामा हुनेछ । नेपालले यसअघिका खेलमा चाईनिज ताईपेइलाई मात्र २–० गोलले हराएको थियो ।
नेपाल अन्य खेलमा नेपाल पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो । नेपाल अष्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।
अहिले समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपे पुछारमा छ । कोरोनाका कारण विश्वभर अन्य खेलका अन्तर्राष्ट्रिय गतिविधि समेत रोकिने क्रम बढ्दो छ । विश्वकप छनोट खेल सार्ने विषयका एन्फा अहिले फिफा र एएफसीको निर्णय पर्खेर बसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण