शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहद्वारा दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

बिहीबार, २२ फागुन २०७६, १० : ११
बिहीबार, २२ फागुन २०७६

कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । 

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।  कम्पनीको दुई वटा जेसिभी दुई वटा स्काभेटर र दुई वटा स्कारपियोमा आगजनी भएको हो । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथि अज्ञात समूहद्वारा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो ।

आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र  घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप