कोरोनाको डरः कतै चुम्बन त कतै सार्वजनिक पूजामा प्रतिबन्ध
कोरोना भाइरसका संसारभरी ९५ हजार ३६ व्यक्ति संक्रमित छन् । यसका कारण ३ हजार २ सय ८३ को मृत्यु भइसकेको छ । इटली कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिको मामलामा संसारको तेस्रो देश हो । यहाँ ३ हजार ८९ व्यक्ति यो भाइरसको संक्रमणमा छन् । यहाँ करिब १ सय ७ व्यक्तिको मृत्यु भइसकेको छ । यस्तै, सिंगापुरका क्याथोलिक इसाई अब चर्चमा गएर प्रार्थना गरिरहेका छैनन् । उनीहरु अनलाइनमार्फत् नै पूजा गरिरहेका छन् ।
इटलीको सरकारले कोरोनाभाइरस फैलन रोक्नका लागि आफ्ना सबै स्कूल र विश्वविद्यालय बन्द गरेको छ । युरोपेली देशमा इटली एउटा एक्लो देश हो जहाँ कोरोनाभाइरस यति भयावह तरिकाले फैलिरहेको छ ।
पछिल्लो २४ घण्टामा कूल २८ जनाको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । यसका कारण अहिलेसम्म इटलीमा मृतकको संख्या बढेर १ सय ७ पुगेको छ ।
इटलीका प्रधानमन्त्री जियुसेप कोन्टेको सरकारले अभिवादनको पारम्परिक इटालियन तरिका चुम्बन बन्द गर्न आदेश दिएको छ । यसले कोरोनाभाइरस फैलने खतरा कम हुने बताइएको छ ।
इटलीका प्रधानमन्त्री जियुसेप कान्टेले हात नमिलाउन, अँगालो हाल्न र कुनै प्रकारको शारीरिक सम्पर्कबाट टाढा रहन आदेश दिएका छन् । इटलीमा हुने सबै खेलको आयोजना, सेमिनार, वर्कशप, अन्तरराष्ट्रिय बैठक इत्यादि रद्द गरिएका छन् ।
यस्तै, सिंगापुरको क्याथोलिक चर्चले सार्वजनिक पूजा रद्द गरिदिएको छ । अब चर्चका पादरीले अनलाइन भिडियो स्ट्रिमिङमार्फत् मानिसहरुलाई प्रार्थनालगायतका कार्य गराइरहेका छन् ।
सिंगापुरमा कोरोनाभाइरसका कूल १ सय १२ व्यक्ति संक्रमित छन् । यद्यपि, यहाँ कसैको पनि मृत्यु भएको खबर भने आएको छैन । तर सावधानीको रुपमा यहाँको सरकारले विभिन्न आदेश जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण