डोटीमा जीप दुर्घटना, १४ जना घाइते
बिहीबार, २२ फागुन २०७६, २२ : १५
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुबाहक जीप आज दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रु सङ्ख्या बढी भएका कारण जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रहरीका अनुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको ट्राफिक प्रहरी पुकार धामीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण