बलिउडका यी नायकले भने, ‘शाहरुख र सलमान खानले मलाई माया गर्दैनन्, किनभने म...’
बलिउडका दुई ठूला सुपरस्टार शाहरुख खान र सलमान खानलाई सधैं हमला गरिरहने बलिउड नायक तथा निर्माता कमाल आर खानले पुनः एउटा ट्वीट गरेका छन् जुन चर्चामा आएको छ ।
उनले आफ्नो ट्वीटमा एकपटक पुनः शाहरुख र सलमान खानमाथि निशाना साँधेका छन् । यसअघि पनि उनले थुप्रै पटक यी कलाकारमाथि तथानाम बयानबाजी दिँदै आएका छन् । अब कमाल आर खानको यो ट्वीटमा प्रयोगकर्ताहरुको प्रतिक्रिया पनि आउन थालेको छ ।
कमाल खानले आफ्नो ट्वीटमा लेखेका छन्, ‘बलिउडमा सबैले मलाई माया गर्छन् शाहरुख खान र सलमान खानबाहेक । किनभने उनीहरु चाहन्छन् कि म उनीहरुको सबै खराब फिल्मलाई पनि पूर्ण अंक दिऊँ र म पनि खान हुँ र उनीहरु पनि खान हुन् । र म यो भन्छु कि खान, कुमार, सिंह सबै मेरा लागि बराबर हुन् । त्यसकारण म नक्कली रिभ्यु दिएर आफ्ना फलोअर्सलाई धोका दिन सक्दिनँ ।’
उनको यस्तो ट्वीट पछि सलमान, शाहरुखका प्रशंसकले कमालको अत्यधिक आलोचना गरेका छन् ।
मिलन नामका प्रयोगकर्ताले लेखेका छन्, ‘अजय सरले निकै अघि प्रमाणित गरिसक्नुभएको थियो कि तिमी कति इमान्दार छौ ।’
यस्तै आयुष जैनले लेखेका छन्, ‘सलमान खान र शाहरुख खानका फिल्मलाई तपाईंको रिभ्युको आवश्यकता नै छैन । उहाँहरुको नाम नै काफी छ । र सबैभन्दा प्रमुख कुरा के हो भने उहाँहरुले दुईजनाले तपाईंलाई चिन्नु नै हुन्नँ किनभने उहाँहरुसँग यसका लागि समय नै छैन । अरु कलाकार फाल्तु हुन सक्लान् तर उहाँहरु होइनन् किनभने एक किङ्ग खान हुन् भने अर्का सुल्तान हुन् । यो ट्याग उहाँहरुले यत्तिका पाउनुभएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण