बलिउडका यी नायकले भने, ‘शाहरुख र सलमान खानले मलाई माया गर्दैनन्, किनभने म...’
बलिउडका दुई ठूला सुपरस्टार शाहरुख खान र सलमान खानलाई सधैं हमला गरिरहने बलिउड नायक तथा निर्माता कमाल आर खानले पुनः एउटा ट्वीट गरेका छन् जुन चर्चामा आएको छ ।
उनले आफ्नो ट्वीटमा एकपटक पुनः शाहरुख र सलमान खानमाथि निशाना साँधेका छन् । यसअघि पनि उनले थुप्रै पटक यी कलाकारमाथि तथानाम बयानबाजी दिँदै आएका छन् । अब कमाल आर खानको यो ट्वीटमा प्रयोगकर्ताहरुको प्रतिक्रिया पनि आउन थालेको छ ।
कमाल खानले आफ्नो ट्वीटमा लेखेका छन्, ‘बलिउडमा सबैले मलाई माया गर्छन् शाहरुख खान र सलमान खानबाहेक । किनभने उनीहरु चाहन्छन् कि म उनीहरुको सबै खराब फिल्मलाई पनि पूर्ण अंक दिऊँ र म पनि खान हुँ र उनीहरु पनि खान हुन् । र म यो भन्छु कि खान, कुमार, सिंह सबै मेरा लागि बराबर हुन् । त्यसकारण म नक्कली रिभ्यु दिएर आफ्ना फलोअर्सलाई धोका दिन सक्दिनँ ।’
उनको यस्तो ट्वीट पछि सलमान, शाहरुखका प्रशंसकले कमालको अत्यधिक आलोचना गरेका छन् ।
मिलन नामका प्रयोगकर्ताले लेखेका छन्, ‘अजय सरले निकै अघि प्रमाणित गरिसक्नुभएको थियो कि तिमी कति इमान्दार छौ ।’
यस्तै आयुष जैनले लेखेका छन्, ‘सलमान खान र शाहरुख खानका फिल्मलाई तपाईंको रिभ्युको आवश्यकता नै छैन । उहाँहरुको नाम नै काफी छ । र सबैभन्दा प्रमुख कुरा के हो भने उहाँहरुले दुईजनाले तपाईंलाई चिन्नु नै हुन्नँ किनभने उहाँहरुसँग यसका लागि समय नै छैन । अरु कलाकार फाल्तु हुन सक्लान् तर उहाँहरु होइनन् किनभने एक किङ्ग खान हुन् भने अर्का सुल्तान हुन् । यो ट्याग उहाँहरुले यत्तिका पाउनुभएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने