छोरीको सम्बन्धविच्छेदमा आयो बलिउड नायिकाको बयान, ‘विवाह नगर, लिभ–इनमा बस’
बलिउडमा यस्ता केही नायिका छन् जो कुनै पनि मुद्दामा आफ्नो निर्धक्कको बयानका लागि चर्चित हुन्छन् । उक्त सूचीमा नायिका नीना गुप्ताको सायद सबैभन्दा माथि नाम आउला । निना सधैंजसो आफ्नो बयानका कारण चर्चामा आउँछिन् । उनी यसपटक पनि चर्चामा छिन् । आफ्नी छोरी मसाबा गुप्ता र उनका श्रीमान् मधु मन्टेनाको सम्बन्धविच्छेदबारे आफ्नो प्रतिक्रिया दिँदै नीनाले भनिन्, ‘विवाह भन्दा राम्रो लिभ इनमा बस’
वास्तवमा नीना गुप्ताकी छोरी मसाबा गुप्ताको उनका श्रीमान मधु मन्टेनासँग केही समय अघि सम्बन्धविच्छेद भएको छ । नीनाले पिंकविलालाई दिएको एक अन्तर्वार्तामा सम्बन्धविच्छेद बारे कुरा गर्र्दै उनले भनिन्, ‘पहिला म आफ्नी छोरीलाई लिभ–इन सम्बन्धमा रहन सल्लाह दिँदैनथेँ तर अब मलाई लिभ इनसँग कुनै समस्या छैन ।’
उनको यो सोच छोरी र ज्वाईंको सम्बन्धविच्छेदका कारण नभई सम्बन्धविच्छेदका अन्य घटना हेरेपछि पलाएको बताएकी छिन् ।
नीनाले थपिन्, ‘विवाहमा यति धेरै पैसा खर्च गर, यति मिहिनेत पनि गर, यति विघ्न तामझाम गर र त्यसपछि सम्बन्धविच्छेद । अरे यार, यस्तो हो भने लिव–इनमा बस । मलाई लाग्छ कि ३–४ वर्षमा मेरो सोचमा अत्यधिक परिवर्तन आएको छ ।’
स्मरण रहोस्, हालै नीनाले एक बयान दिएकी थिइन् जसका कारण उनी एकाएक चर्चित भएकी थिइन् । केही दिन अघि नीनाले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै कहिले पनि विवाहित व्यक्तिसँग प्रेम नगर्न सल्लाह दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
