यसरी खिचियो मंगलग्रहको ‘नयाँ तस्बिर’
एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहको अदभूत (तस्बिर) लिन सफल भएको छ । नासाको क्युरियोसिटी रोबर्टले मंगलग्रहको नयाँ तस्बिर कैद गर्न सफल भएको हो । अहिलेसम्मकै सर्वाधिक १.८ अर्ब पिक्सल रिजोल्यूशन भएको यो तस्बिरमा लालग्रह समेत भनेर चिनिने मंगलग्रहको अदभूत दृष्य देख्न सकिने नासालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । नासाका अनुसार रोबर्टले आफ्नो लेन्समार्फत पछिल्लोपटक २४ नोभेम्बरदेखि १ डिसेम्बरबीच एक हजारभन्दा बढी धेरै तस्बिर लिएको थियो ।
अहिले खिचिएको तस्बिर मंगलग्रहको माउन्ट शार्पस्थित ‘ग्लेन टोरिडोन’ क्षेत्रको भएको बताइएको छ । नासाका शोधककर्ताहरुका अनुसार नासाले पठाएको रोबर्टले खिचेको यो दूर्लभ मौका हो । नासाका क्युरियोसिटी रोबर्ट मिसन नियन्त्रणको जिम्मा लिएका वैज्ञानिक आश्विनी वसवादाले भने, ‘मिसनको दौरानमा हामीले पहिलोपटक ३६० डिग्री को तस्बिर हाम्रो अभियानमामार्फत समर्पित गर्यौ ।’
रोबर्टले यसअघि सन् २०१३ मा १.३ अरब पिक्सल रिजोल्युसनको तस्बिर लिएको थियो । सन् २०११ नोभेम्बर २६ मा नासाले मंगलग्रहमा पठाएको उक्त रोबर्ट कार आकारको रहेको छ । उक्त रोबर्ट सन् २०१२ अगष्ट ६ मा मंगलग्रहमा उत्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण