विश्वभर कोरोनाबाट मर्ने र संक्रमितहरुको संख्या बढेको बढ्यै, कुन देशमा कति ? (तथ्याङ्कसहित)
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ३४ सय ३६ जना पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ ।
चीनको जोन्स हपकिन्स विश्वविद्यालयकाअनुसार चीनमा कम्तिमा ३,०४२ जना व्यक्तिको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३१४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् ।
पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तिमा १,२०० नयाँ संक्रमितहरु देखा परेका छन् । यो कोरोना प्रकोप सुरु भएदेखिकै देशको सबैभन्दा ठूलो संक्रमणको फड्को हो । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार थप १२४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्रान्समा पनि रातारात १५४ जना नयाँ संक्रमितहरु थपिएको बताइएको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।
कुन देशमा कति ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण