साउदी राजपरिवारका तीन सदस्य हिरासतमा
शनिबार, २४ फागुन २०७६, १३ : ०८
रियाद । साउदी अरेबियामा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । सत्ताका लागि षडयन्त्र रचेको आरोपमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको हो ।
साउदी नरेश सुल्तानका भाई प्रिन्स अहमद बिन अब्दुलअजीज अल साउद र भतिजा प्रिन्स मोहम्मद बिन नाएफसहित तीन जनालाई हिरासतमा लिइएको जनाइएको छ । रोयल गार्डले उनीहरुलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आदेशमा उनीहरुलाई हिरासतमा लिइएको हो ।
अमेरिकी अखबार वाल स्ट्रिट जनरल र न्यूयोर्क टाइम्सले साउदी दरवार निकट स्रोतलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन् ।
साउदी राजपरिवारले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण