बढी मूल्यमा मास्क बेच्ने फार्मेसी सञ्चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । ललितपुर बजार अनुगमन समितिको टोलीले बढी मूल्यका मास्क बिक्री गर्ने दुई जना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय विश्भर फैलिएको कोरोना भाइरसका कारण अत्यावश्यक बनेको मास्कमा बढी मूल्य लिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लगनखेलको टाइम मेडिकेयर फार्मेसीका सञ्चालक मणिराज सञ्जेल र जीपीपी म्यानकाइन्ड फार्मेसीका सञ्चालक पारसमणि बराललाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
सर्वसाधरणको भेसमा गएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा गएको जिल्ला बजार अनुगमन समितिका प्रतिनिधिसँग सञ्चालक सञ्जेलले सामान्य मास्कको एक सय रूपैयाँ लाग्नेका थिए । बजार अनुगमन टोलीसँग रहेका सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिएको हुन् ।
अर्का सञ्चालक बरालले २० रूपैयाँ पर्ने मास्क ५० रूपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको थियो । दुई वटै फार्मेसीबाट २८ थान मास्क बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य