बढी मूल्यमा मास्क बेच्ने फार्मेसी सञ्चालक प्रहरीको नियन्त्रणमा
काठमाडौं । ललितपुर बजार अनुगमन समितिको टोलीले बढी मूल्यका मास्क बिक्री गर्ने दुई जना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय विश्भर फैलिएको कोरोना भाइरसका कारण अत्यावश्यक बनेको मास्कमा बढी मूल्य लिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लगनखेलको टाइम मेडिकेयर फार्मेसीका सञ्चालक मणिराज सञ्जेल र जीपीपी म्यानकाइन्ड फार्मेसीका सञ्चालक पारसमणि बराललाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
सर्वसाधरणको भेसमा गएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा गएको जिल्ला बजार अनुगमन समितिका प्रतिनिधिसँग सञ्चालक सञ्जेलले सामान्य मास्कको एक सय रूपैयाँ लाग्नेका थिए । बजार अनुगमन टोलीसँग रहेका सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिएको हुन् ।
अर्का सञ्चालक बरालले २० रूपैयाँ पर्ने मास्क ५० रूपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको थियो । दुई वटै फार्मेसीबाट २८ थान मास्क बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण