बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दीपक र दीपाको ‘छक्का पञ्जा २’को दोस्रो गीत फेरि विवादमा, लाग्यो चोरीको आरोप

मङ्गलबार, १३ भदौ २०७४, १३ : १८
मङ्गलबार, १३ भदौ २०७४


काठमाडाैं –अघिल्लो वर्षकै सर्वाधिक ब्यवसाय गर्न सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलको रुपमा बनेको ‘छक्का पञ्जा २’का गीत एकपछि अर्काे  बिवादमा मुछिन थालेको छ । 
चलचित्र युनिटले प्रचारका लागि गीत सार्वजनिक गरे लगत्तै बिवादमा पर्न थालेको हो । 
 चलचित्रको केही पहिले आएको नाइलनको साडीमा बोलको गीत सार्वजनिक भए लगत्तै बिवादमा मुछिएको थियो । चोरीको आरोप लागेको यो गीतका कारण निर्माता दिपकले माफी समेत मागेका थिए ।
पहिलो बिवाद सेलाउन नपाउदै फेरी यसै चलचित्रको अर्काे गीत ‘तिमि यता किनारमा’ बिवादमा तानिएको छ । चलचित्र युनिटले सोमबार राजधानीमा एक कार्यक्रम सहित सार्वजनिक गरेको यो गीतलाई पनि चोरीको आरोप लागेको छ । हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको यो गीतमा संगीत किरण कंडेलले दिएका छन् ।
यो गीत चलचित्र देवर बाबुमा रहेको बास्ना मिठो कस्तुरीबाट चोरी गरेको आरोप लागेको हो । केशव भट्टराई निर्मित चलचित्र ‘देवर बाबु’मा रहेको गीतमा सुरेश अधिकारीको संगीत र राजेश पायल राई र साधना सरगमको स्वर रहेको छ । एरेन्जदेखि धेरै कुरा मिलेपछि गीतको अहिले सामाजिक संजालमा खिल्ली उठाउने काम भइरहेको छ । 
उत्तम संजेलको शब्द रहेको छक्का पन्जाको गीतलाई अल्मोडा राणा उप्रेतीले एरेन्ज गरेका हुन् । यसअघि पनि अल्मोडाले आफ्नै संगीतमा भन्दा नाइलनको साडीमा गीत विवादमा परेको थियो । अल्मोडाले देवर बाबुमा समावेश गीतसँग मिल्दो एरेन्ज समेत गरेका छन् । 
छक्का पन्जा २ को गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतमा दीपक राज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई, बुद्धि तामाङ देखिएका छन् । गीतको कोरिगोग्राफी पनि केही हदसम्म मिल्दो जुल्दो देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप