इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने संख्या एकैदिन १३३
इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् ।
संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५ प्रतिशतको वृद्धि भएको छ ।
इटालीको लोम्बार्डीलगायत १४ प्रान्तका १ करोड ६० लाख जनताले आइतबारबाट क्वारेन्टाइन नियम लागू भएपछि यात्राका लागि विशेष अनुमती लिनुपर्नेछ ।
प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले स्कूल, जिम, म्युजियम, नाइटक्लब र देशभरीका विभिन्न स्थान बन्द भएको घोषणा गरेका छन् ।
नयाँ आँकडा सार्वजनिक भएसँगै चीनबाहिर कोरोना भाइरसका संक्रमितको संख्या इटालीमा सबैभन्दा धेरै देखिएको हो । त्यसपछि दक्षिण कोरियामा ७ हजार २ सय १३ जना संक्रमित देखिएका छन् ।
हालै इटालीका सेनापतीमा पनि संक्रमण देखिएको छ । साल्भातोर फरिनाले आफू अहिले ठिक भएको र उनले आफूलाई ‘सेल्फ आइसोलेशन’ मा राखेको बताए ।
नयाँ लागू गरिएको क्यारेन्टाइन नियमले एक चौथाई जनसंख्यालाई प्रभावित पार्ने छ ।
‘हामी हाम्रो जनताको स्वास्थ्य प्रत्यायभूत गर्न चाहन्छौं । हामीलाई थाहा छ, यो नयाँ नियमले कहिलेकाँही सानो त कहिलेकाँही ठूलै त्यागको स्थिती सृजना गर्नेछ,’ प्रधानमन्त्री कोन्टेले शनिबार मध्यरातमा नयाँ नियमको घोषणा गर्दै भने ।
नयाँ नियम अनुसार लोम्बार्डीमा न त कोही प्रवेश गर्न सक्छन् न त्यहाँबाट कोही निस्कन नै सक्छन् ।
यस्तै नियम अन्य १४ प्रान्तमा पनि लागू गरिएको छः मोडेना, पार्मा, पियासेन्जा, रेगियो, इमिलिया, रिमिनी, पेसारो र अर्बिनो, एलेसान्ड्रिया, आस्ती, नोभारा, भब्यानो कुसियो, ओसोला, भर्सेली, पादुवा, ट्रेभिसो र भेनिस ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
