१५ वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा
बलिउड नायिका रबिना टन्डनकी छोरी राशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् ।
फिल्म डिस्ट्रीब्यूटर्स हुन् अनिल थडानीः
रबिना टन्डनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्रीब्यूटर्स हुन् । रबिना र अनिलले सन् २००३ मा ‘स्टम्प्ड’ फिल्मको सेटमा डेटिङ सुरु गरेका थिए, त्यसको एक वर्षपछि दुईले विवाह गरे ।
उदयपुरमा भएको थियो विवाहः
फेब्रुअरी सन् २००४ मा रबिना र अनिलको विवाह राजस्थानको उदयपुरमा भयो । एक वर्षपछि मार्च १६ तारिखमा रेशाको जन्म भयो ।
सन् २००८ मा रबिनाले छोरा जन्माइन्ः
सन् २००८ मा रबिनाले छोरा रणबीरवर्धनलाई पनि जन्म दिइन् । आमा–छोरीलाई धेरैजसो मुम्बईमा सँगै घुमिरहेको देख्न सकिन्छ । शनिबार पनि उनीहरुलाई ‘प्रि–बर्थडे’ सेलिब्रेसनमा भेटियो ।
विवाह अघि दुई छोरीलाई धर्मपुत्र बनाएकी थिइन्ः
रबिनाले दुई जनालाई धर्मपुत्री बनाएकी छिन् । एक्ली आमाको रुपमा रबिनाले सन् १९९५ मा पूजा र छाया नामका दुईजनालाई धर्मपुत्री बनाएकी हुन् ।
अवार्ड नाइटमा पनि पुगेकी थिइन् आमासँगः
राशा थडानी आमासँग ‘दादा साहेब फाल्के अवार्ड’ मा पुगेकी थिइन् ।
छोरीलाई बक्सिङको तालिम पनि दिन्छिन्ः
पढाईका साथै रबिना र अनिल आफ्ना छोरीहरुलाई बक्सिङको तालिम पनि दिन्छन् । रबिना इन्स्टाग्राममा तालिमका विभिन्न भिडियो सेयर गर्ने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण