लेबनानद्वारा केही अरबी मुलुकमा उडान रोक्ने घोषणा
सोमबार, २६ फागुन २०७६, २२ : २८
एजेन्सी । लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।
उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका मार्च ३१ सम्मका टिकटको पैसा फिर्ता गर्ने वा पुनः त्यसपछि गर्न सकिने उडानका लागि मिलान गर्ने बताएको छ ।
यसअघि लेबनानका लागि साउदी अरबका राजदूत वालिद अल–बुखारीले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेका समय आफ्नो देशले लेबनानसँगको सामुद्रिक तथा हवाई यात्रामा रोक लगाउने बताएका थिए । लेवनानमा सोमबारसम्ममा ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण