सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको मध्यप्रदेशमा ठुलो राजनीतिक उथलपुथलको संकेत !

मङ्गलबार, २७ फागुन २०७६, ०० : ४२
मङ्गलबार, २७ फागुन २०७६

एजेन्सी । भारतको मध्य प्रदेशमा ठूलो राजनीतिक उथलपुथलको संकेत देखिएको छ । यस वर्षको होलिका दहनसँगै सो प्रदेशमा २० मन्त्रीहरुले एकैसाथ राजीनामा दिएपछि राजनीतिक शक्ति समिकरणमा ठूलो परिवर्तनको संकेत देखिएको हो । सोमबार भारतीय काँग्रेस बरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विद्यायकसहित २० जनाको टोली गोप्य रुपमा बेंगलुर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेपछि ठूलै राजनीतिक भूकम्प जाने अनुमान मध्यप्रदेशको राजनीतिक बृत्तमा  गरिएको हो ।

बेंगलुरुमा जम्मा हुनेमा ६ जना मध्यप्रदेशका मन्त्रीहरु समेत रहेका छन् । श्रोतहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएअनुसार विद्यायक र मन्त्रीहरुको बेंगलुरको आगमनको एक–दुई दिनमा निकै ठूलो राजनीतिक परिवर्तनको संकेत देखा पर्न थालेको हो । आइतबार जब मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगे, त्यसपछि राजनीतिक परिदृष्यले नयाँ मोड लिएको छ ।

त्यसलगत्तै पूर्व केन्द्रीय मन्त्री सिंधियाका समर्थक मन्त्री र विद्यायकहरु अचानक मध्यरातमा भूमिगत हुन पुगे । त्यसपछि न त उनीहरु मोबाइल सम्पर्कमा देखिए, न त सुरक्षाकर्मीहरुले उनीहरुको पहिचान गर्न सके । उनीहरु भूमिगत भएपछि हंगामा मच्चियो । तर सोमबार साँझ एक्कासि मन्त्री र विद्यायकहरुको टोली ब्याङलुरु पुगेको सूचना बाहिर आएपछि राजनीतिक बृत्तमा केही गोलमाल हुन थालेको अनुमान गरिँदैछ । त्यो सूचना प्राप्त हुने वित्तिक्कै अर्कोतिर भारतीय जनता पार्टीले आफ्ना सबै विद्यायकहरुलाई तुरुन्त भोपाल पुग्न आदेश जारी गरेको छ । 

मुख्यमन्त्री कमलनाथले सोमबार दिल्लीमा काँग्रेस अध्यक्ष सोनिया गान्धीसँग छोटो भेट गरेका छन् । यो भेटमा अध्यक्ष गान्धीले राज्यसभा चुनाव र मन्त्रिपरिषद विस्तारको सन्दर्भमा निर्देशन प्राप्त भएको बताएका छन् ।
राजनीतिक घटनाक्रमलगत्तै भोपालमा मुख्यमन्त्री कमलनाथले आपतकालीन बैठक बोलाएर छलफल चलाएका छन् । बैठकमा बरिष्ठ नेता दिग्विजय सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा कमलनाथलाई समर्थन गर्ने विद्यायकहरुको पनि सहभागिता रहेको थियो । मुख्यमन्त्री कमलनाथलाई मन्त्रिपरिषद गठन गर्ने र आवश्यकताअनुसार मन्त्री छनौट गर्ने स्वतन्त्रता दिइएको छ । काँगेस पार्टीभित्र देखिएको यो हलचलसँगै भारतीय जनता पार्टीले पनि सक्रियता देखाएको छ । सो पार्टीले पनि मंगलबार विद्यायक दलको बैठक बोलाएको छ ।

मध्यप्रदेशमा १६ मार्चमा बजेट सत्र र २६ मार्चमा राज्यसभा चुनाव हुँदैछ । बीजेपीले बजेट सत्रमा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने सम्भावना देखिएको बताइएको छ । यसले गर्दा कमलनाथ नेतृत्वको सरकारलाई निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप