दीपिका पादुकोणको बोल्ड फोटोसुट देखेर रणवीर सिंहले गरे यस्तो कमेन्ट
रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सबैभन्दा रुचाइएका जोडी हुन् । यी दुई आजकाल आ–आफ्नो काममा व्यस्त छन् । रणवीर आजकाल आफ्नो नयाँ फिल्म ‘८३’ को ट्रेलर लञ्चको तयारी गरिरहेका छन् भने दीपिका आजकाल आफ्नो फोटोसुटका लागि चर्चामा छन् । दीपिकाले हालै अन्तर्राष्ट्रिय एल म्यागजिनका लागि फोटोसुट गराएकी छिन् । आफ्नो यो फोटोसुटका केही तस्बिर सोसल मिडियामा पनि उनले सेयर गरेकी छिन् । तर दीपिकाको यो बोल्ड र हट अवतार देखेर उनका श्रीमान् रणवीर सिंह कमेन्ट नगरी बस्नै सकेनन् ।
दीपिकाले समुद्र किनारामा फोटोसुट गराएकी छिन् । उक्त फोटोसुटको एउटा फोटो दीपिकाले आफ्नो इन्स्टाग्रामा पनि सेयर गरेकी छिन् ।
यो तस्बिरमा कमेन्ट गर्दै रणवीर सिंहले लेखे, ‘बेबी, दया गर यार...’
उनको यो कमेन्टमा ३९ हजार ३७ जनाले लाइक गरेका छन् भने १२ सय ४४ जनाले रिप्लाइ दिएका छन् ।
रणवीर सिंह चाहे सोसल मिडियामा होस् वा कुनै सार्वजनिक कार्यक्रममा आफ्नी श्रीमतीको तारिफ गरिरहेको भेटिन्छन् । दीपिकाले आफ्नो यो ताजा फोटोसुटका केही अन्य तस्बिर पनि सेयर गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण