चीनसँग जोडिएको मंगोलियामा पहिलो कोरोनाभाइरस संक्रमितको पुष्टि
मङ्गलबार, २७ फागुन २०७६, १५ : ४९
एजेन्सी । मंगोलियाले आफ्नो देशमा पहिलो कोरोनाभाइरस संक्रमित भेटिएको बताएको छ ।
चीनको उत्तरी सिमानासँग जोडिएको मंगोलियाको समाचार एजेन्सी मोन्टसेमले मंगलबार घटनाको पहिलो पटक पुष्टि गरेको थियो ।
संक्रमित व्यक्ति मस्कोबाट मंगोलियाको राजधानी उलानबटारमा जहाजमार्फत आएका फ्रेन्च नागरिक हुन् । ती व्यक्ति मार्च २ को दिन उलानबटार ओर्लिएका थिए ।
मंगोलियका स्वास्थ्य मन्त्री डी.सारान्गेरेलले ती फ्रेन्च नागरिकमा मार्च ७ मा कोरोनाभाइरसको लक्षण देखिन थालेको थियो र उसले १४ दिने क्वारेन्टाइनमा बस्ने सुझाव बेवास्ता गर्दै बाहिरतिर निष्किएका थिए ।
अहिले ती विरामीलाई डोर्नोगोवी प्रान्तमा आइसोलेसनमा राखिएको छ । उसको स्वास्थ्य अवस्था ‘तुलनात्मक स्थीर’ रहेको बताइएको छ ।
हाल प्रशासनले ती फ्रेन्च नागरिक सबार जहाजका बाँकी यात्रुलाई खोजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण