प्रधानमन्त्रीको पहिलो भिजिटर बनिन् समीक्षा संग्रौला, यस्तो भयो संवाद !
काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिर्गौला दाता भान्जी समीक्षा संग्रौलाले पहिलो भेट गरेकी छन् ।
बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालमा चिकित्सकपछि प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति भाञ्जी समीक्षा नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार उनीहरुबीच करिव २ मिनेट कुराकानी भएको छ । भान्जी समीक्षाले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे सोधखोज गरेकी थिइन् । ‘मामा तपाइँलाई कस्तो छ ?’ समीक्षाले प्रधानमन्त्रीलाई सोधेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई ठिकै छ, तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । समीक्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएपछि ओलीले भने ‘तपाइँलाई धेरैधेरै धन्यावाद । आफ्नो स्वास्थ्यमा ख्याल गर्नु’, प्रधानमन्त्रीले धन्यवादसहित भान्जी समीक्षाप्रति सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । हाल दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण