अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिने पक्राउ
मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका-३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।
सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका-३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो ।
मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण