सरकार प्रतिगमनतिर गयोः डा. प्रकाशचन्द्र लोहोनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाएका छन् ।
बुधबार पार्टीको एकता घोषणासभामा बोल्दै अध्यक्ष लोहोनीले जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको आरोप लगाएका हुन् ।
‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग गरेर, त्यसलाई लुटेर त्यसमा शोषण गर्ने त्यो आर्थिक प्रतिगमन हो । त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर मान्छेलाई बोल्न नदिने प्रयास भएको छ त्यो राजनीतिक प्रतिगमन हो’, उनले भने ।
अध्यक्ष लोहोनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको बताए ।
अध्यक्ष लोहोनीले हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको बताए । हिन्दु धर्मका नाममा जात, छुवाछुत, को तल को माथि भन्ने विकृतिहरु फैलिएको भन्दै त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण