आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना भाइरसले ग्रीसमा पहिलो मृत्यु

बिहीबार, २९ फागुन २०७६, ११ : १३
बिहीबार, २९ फागुन २०७६

कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन् । उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए ।

ग्रीसमा बुधबारसम्म ९९ संक्रमित पुष्टि भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप