कोरोना भाइरसद्वारा संक्रमित नायिकाले सिड्नीको ओपेरा हाउसमा दिएकी थिइन् प्रस्तुती
कोरोना भाइरसको संक्रमण देखिएकी हलिउड अभिनेत्री रिटा विल्सनले सिड्नीको ओपेरा हाउसमा प्रस्तुती दिएको जानकारीमा उल्लेख छ ।
अष्ट्रेलियाको नाइन न्यूजका अनुसार उनको प्रस्तुतीका बेला २ सय ७ व्यक्ति उपस्थित थिए जसमा उनका श्रीमान् तथा अभिनेता टम ह्यान्क्स पनि समावेश थिए । ह्यान्क्सलाई पनि कोरोनाको संक्रमण देखिएको छ ।
रिटा विल्सनले ओपेरा हाउस बाहिर बसेर खिचाएको आफ्नो तस्बिर पनि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
चार दिन अघिको उक्त पोस्टमा उनले लेखेकी थिइन्, ‘ओह, सिड्नी तिमी कति राम्री छौ र सिड्नी आपेरा हाउस, तिमीले आज मेरो सपना साकार पारिदिएको छौ, यो विशिष्ट स्थानमा आफ्नो प्रस्तुती दिन पाउनु सौभाग्य ठानेकी छु । र दर्शकले जति माया देखाउनुभयो त्यसले मलाई निकै स्वागत गरेको महसुस गरेँ । मनैदेखि धन्यवाद दिन चाहन्छु ।’
टमले आफू र श्रीमती दुबै कोरोना भाइरसबाट संक्रमित भएको जानकारी इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
