भारतमा कोरोनाबाट ७३ जना संक्रमित, ३० हजार मानिस निगरानीमा
बिहीबार, २९ फागुन २०७६, १६ : २४
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ ।
भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले संसदलाई दिएको जानकारीअनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ ।
उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे ।
विदेशबाट भारतमा आउने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न थालिएको जानकारी दिदैँ उनले संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त भने नहुने बताए ।
उनले ३० हजार नागरिकलाई निगरानीमा राखिएको जानकारीसमेत दिए । कोरोनाको परीक्षण जुनसूकै ल्याबमा हुन नसक्ने भएकाले देशभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण भइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण