डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै
बिहीबार, २९ फागुन २०७६, १९ : ०५
काठमाडौं– विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ ।
नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले केवर्ल्ड च्यानल सुरु गर्दैछ । के पप, माइ लिटिल वेवी, रिच म्यान, किङ इन दि लभ र मेल्टिङ हार्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।
नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण