कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ
शुक्रबार, ३० फागुन २०७६, १२ : ३३
मोरङ : सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जना पक्राउ परेका छन् ।
बिहीबार राति प्रहरीले भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह पक्राउ परेका हुन् ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण