एनआईसी एशिया बैंकमा ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’
काठमाडौं– एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।
यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकहरूले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकहरू तथा मर्चेन्टहरूले चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ ।
बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण