आज असिना पानीसहित हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । भने अहिले देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भएको जानकारी दिएको छ ।
यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण