ढुङ्गानाको गीतमा हट मोडल सम्पदा बानिँयाको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं– पत्रकार गोपीकृष्ण ढुंगानाको गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार अर्जुन पोखरेलको संगीत र भुवन रावत ‘क्षितिज’ को स्वरमा रेकर्ड भएको ‘तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म...’ बोलको गजलको म्यूजिक भिडियो यूट्युवमार्फत सार्वजनिक गरिएको हो ।
गायक रावतको लगानीमा रेकर्ड भएको उक्त गीत ‘द डिभाइन म्यूजिक’ ले म्यूजिक भिडियो बनाएको हो । पोखरेलकै एरेन्जको उक्त गीतमा सम्पदा बाँनियालाई मोडलिङमा प्रमोद भारद्धजले साथ दिएका छन् । बिभोर पोखरेलको निर्देशनमा बनेको झन्डै चार मिनेटको उक्त भिडियो नेपालमै सुटिङ गरिएको हो । बलराम बुढाथोकीले छायांकन गरेको भिडियोमा कलर सतिज श्रेष्ठको छ ।
गजलकार ढुंगानाले भने, ‘स्वार्थी प्रेमीकाका लागि एउटा उदार प्रेमीले कस्तोसम्म त्याग गर्न सक्छ भन्ने भावमा गजल तयार पारिएको छ ।’ अञ्जु पन्त, दिपक लिम्बु, मिलन अमात्य, तेज आले आदि गायक गायिका र शक्ति बल्लभ, रत्नबहादुर, हरि लम्साल, विजय खालिङ आदि संगीतकारले गरी झन्डै एक दर्जन गीत रेकर्ड गराएका ढुंगानाको म्यूजिक भिडियो भने यो दोस्रो हो ।
साहित्यमा समेत कलम चलाँउदै आएका ढुङ्गाना अन्नपूर्ण दैनिकसँग आवद्ध छन् । उनले थुप्रै बालकथा संग्रह समेत बजारमा ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण