ग्यासको आयात औसत खपतभन्दा बढी
बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि केही दिनअघि नेपाल आयल निगमले एउटा सूचना निकाल्यो । सूचनामा उल्लेख थियो– खाना पकाउने ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन (मेट) मात्रै हो । ग्यास किनेर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्दै निगमले बढ्दो मागलाई ध्यानमा राखेर आपूर्ति परिमाण ४५ हजार मेट पुर्याउने पनि बतायो ।
ग्यास आयातको तथ्यांक हेर्ने हो भने एउटै वीरगञ्ज नाकाबाटै भित्रिएको परिमाणले देशको खपत धान्ने देखिन्छ । गत फागुन महीनामा वीरगञ्ज नाकाबाट मात्रै ३८ हजार मेट ग्यास आएको वीरगञ्ज भन्सारले बताएको छ । तर, बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाएका छैनन् ।
भन्सार नाकाबाट भित्रिने खाना पकाउने ग्यासको परिमाण बढेको बढ्यै छ । सरकारले ग्यासको आपूर्ति बढाइएको बताए पनि ग्यास विक्रेताकहाँ उपभोक्ताको लाम घटेको छैन ।
ग्यास भित्रिने मुख्य नाका वीरगञ्ज आसपासका क्षेत्रमा समेत ग्यास किन्न उपभोक्ता लाइनमा बसेको देखिन्छ । २०७२ सालको नाकाबन्दीपछि पहिलोपटक यस्तो दृश्य देखिएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश हरि फुयालको इजलासमा
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा
-
रविसहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
-
५१ औँ दिन मनाउँदै ‘महाजात्रा’
-
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
भारत भ्रमणमा रहेका मालदिभ्सका विदेश मन्त्रीलाई एस जयशंकरले के भने ?