डब्लूएचओद्वारा प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईमा साथ दिन अपिल
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ । र संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।
उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् ।
प्रियंका र दीपिकालाई सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा हातेमालो गर्न आग्रह गरेका हुन् । महानिर्देशक एधानोमले हलिउडमा समेत चर्चित रहेका यी दुई अभिनेत्रीलाई डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।
I now nominate:@Pschmeichel1
— Tedros Adhanom Ghebreyesus (@DrTedros) March 13, 2020
Nasser Al-Khelaifi @PSG_inside@paulpogba@RomeluLukaku9 @PauDybala_JR
to take the #SafeHands challenge by sharing their video & calling on at least another 3 people to join us! Together, we can beat #COVID19!
हात धुने (सेफ ह्याण्ड) अभियान सामाजिक सञ्जालमा चर्चित भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण