रोनाल्डोसँग सम्झौता नवीकरण गर्दै युभेन्ट्स
एजेन्सी । इटालियन क्लब युभेन्ट्सले सुपर स्टार क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने भएको छ ।
युभेन्ट्सले रोनाल्डोसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गर्ने तयारी गरेको हो । उमेरले ३५ बर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेकाले युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको हो ।
रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन महारथि युभेन्ट्समा आबद्ध भएका थिए । युभेन्ट्समा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डोको क्लबसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।
तर, युभेन्ट्सले रोनाल्डोलाई ३९ वर्षको हुँदासम्म क्लबमै राख्न चाहेको छ । राम्रो फर्ममा रहेका रोनाल्डोको सानदार प्रदर्शनमा युभेन्ट्सले सिरी ए र च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा निकालि रहेको छ । रोनाल्डोले यस सिजनमात्र ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण