आमाछोरी संँगसंँगै परीक्षामा

देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिएकी छन् । उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएकी हुन् ।
“मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलता साथ पूरा गर्न सकिन्छ”, शुक्रबारदेखि शुरु भएको परीक्षा दिँदै उनले भनिन्, “नयाँ पुस्तासँग आमाले सँगै परीक्षा दिँदा थप उत्साह मिलेको छ ।”
विसं २०५९ मा ७ कक्षा पास गरेकी उनलाई विवाह गरेको १६ वर्षपछिको समयमा बल्ल पढ्ने अवसर मिलेको छ । पहिलेदेखि नै पढ्न इच्छा भए पनि घरायसी व्यवहारले गर्दा उनले पढ्न पाएकी थिइन् ।
उनले भनिन्, “पढ्नका लागि उमेरले फरक पर्दैन, पढ्नुपर्छ भनेर शुरु गरेको हुँ ।” गरीबी र अर्थाभावका कारण यहाँ पढ्ने अधिकांशको सानै उमेरमा बिहे हुने गरेको बताइएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक लालमणि पौडेलले महिलाका आआफ्नै किसिमका दुःख भए पनि दुर्गाको पढाइतर्फको लगनशीलता, रूचि र चासो देख्दा आफू अचम्मित भएको बताए ।
देवघाट ५ स्थित विद्यालयमा तीन सामुदायिक विद्यालयको गाउँपालिकास्तरीय ८ कक्षाको परीक्षा केन्द्र छ ।
देवघाट–५ का तीन सामुदायिक विद्यालय बज्रयोगिनी माविबाट ३०, कालिका माविबाट २७ र सिद्धमहाकाली माविबाट २० गरी ७७ विद्यार्थी परीक्षामा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु